२०८२ जेष्ठ २३, शुक्रबार

छात्रा कबड्डीमा धादिङलाई स्वर्ण

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १९, सोमबार
छात्रा कबड्डीमा धादिङलाई स्वर्ण

धादिङ । धादिङको छात्रा कबड्डी टोलीले दोलखाको चरिकोटमा जारी १५ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेको छ ।

आज बिहान भएको फाईनल खेलमा काठमाडौँलाई ४९-२३ ले हराउँदै धादिङले स्वर्ण पदक जितेको हो।

यो सँगै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धादिङको दोस्रो स्वर्ण पदक हो ।

आईतबार एथलेटिक्स अन्तरगत जेवलिन थ्रो मा धादिङकी सिर्जना श्रेष्ठले स्वर्ण पदक जितेकी थिईन् ।

यस्तै धादिङको छात्र कबड्डी टोलीले केहीबेरमा स्वर्ण पदकको लागि भक्तपुरसँग खेल्ने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले धादिङ आवाजलाई जानकारी दिनुभयो।

धादिङले हालसम्म २ स्वर्ण, ४ रजत र ७ कास्य गरी १३ पदक जितेको तामाङले बताउनुभयो ।

उहाँका अनुसार छात्रा कबड्डीमा स्वर्ण, जेवलिन थ्रो मा छात्रा सिर्जना श्रेष्ठले स्वर्ण, जेवलिन थ्रो मा मानबहादुर दर्लामीले रजत, सुजन रावलले दौडमा रजत, शर्मिला तामाङले दौडमा रजत, कबिता तामाङले तेक्वान्दोमा रजत जितेकी छिन् ।

त्यसैगरी रितिक भुजेलले तेक्वान्दोमा कास्य, आशिष गुरुङले तेक्वान्दोमा कास्य, सुमिना बिश्वकर्माले तेक्वान्दोमा कास्य, सम्राट थापाले उसुमा कास्य, सृष्टि कार्कीले उसुमा कास्य, दिलिप भुजेलले उसुमा कास्य र प्रकृति तामाङले कराँतेमा कास्य पदक जितेकी छिन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस