२०८२ जेष्ठ २३, शुक्रबार

धादिङ भक्तपुरसँग पराजित

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १९, सोमबार
धादिङ भक्तपुरसँग पराजित

धादिङ । दोलखाको चरिकोटमा जारी १५ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धादिङको छात्र कबड्डी टोली फाईनलमा भक्तपुरसँग पराजित भएको छ ।

आज भएको फाईनल खेलमा भक्तपुरले धादिङलाई हराउँदै भक्तपुरले स्वर्ण पदक जितेको छ भने धादिङले रजतमा चित्त बुझाएको छ ।

यसअघि भएको छात्रा कबड्डी टोलीले काठमाडौँलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।

यो सँगै प्रतियोगितामा धादिङले दुई स्वर्ण जितेको छ । आईतबार एथलेटिक्स अन्तरगत जेवलिन थ्रो मा धादिङकी सिर्जना श्रेष्ठले स्वर्ण पदक जितेकी थिईन् ।

धादिङले हालसम्म २ स्वर्ण, ५ रजत र ७ कास्य गरी १४ पदक जितेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले धादिङ आवाजलाई जानकारी दिनुभयो।

उहाँका अनुसार छात्रा कबड्डीमा स्वर्ण, जेवलिन थ्रो मा छात्रा सिर्जना श्रेष्ठले स्वर्ण, छात्र कबड्डीमा रजत जेवलिन थ्रो मा मानबहादुर दर्लामीले रजत, सुजन रावलले दौडमा रजत, शर्मिला तामाङले दौडमा रजत, कबिता तामाङले तेक्वान्दोमा रजत जितेकी छिन् ।

त्यसैगरी रितिक भुजेलले तेक्वान्दोमा कास्य, आशिष गुरुङले तेक्वान्दोमा कास्य, सुमिना बिश्वकर्माले तेक्वान्दोमा कास्य, सम्राट थापाले उसुमा कास्य, सृष्टि कार्कीले उसुमा कास्य, दिलिप भुजेलले उसुमा कास्य र प्रकृति तामाङले कराँतेमा कास्य पदक जितेकी छिन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस