२०८२ जेष्ठ २३, शुक्रबार

प्रधानाध्यापकहरुलाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा बालमैत्री बिद्यालय सम्बन्धी अभिमुखिकरण

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १९, सोमबार
प्रधानाध्यापकहरुलाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा बालमैत्री बिद्यालय सम्बन्धी अभिमुखिकरण

देउराली । नुवाकोटको म्यागङ गाउँपालिका देउरालीमा बालमैत्री स्थानीय शासनको नितिगत र प्रक्रियागत बिषय सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

म्यागङ गाउँपालिकाका १९ बिद्यालयका प्रधानाध्यापक र लैगिक शिक्षकहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी जानकारी दिने र बालमैत्री बिद्यालय र बालबालिकाको सवालमा क्षमता विकास गर्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष आशा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी,बिद्यालयमा बालक्लब गठन र परिचालन ,शैक्षिक विकासमा प्रधानाध्यापकको उत्तरदायित्व र जिम्मेवारी , बालमैत्री स्थानीय शासन वडा तथा पालिका स्तरीय संरचना र बालमैत्री स्थानीय शासनका ५१ सूचकहरू,कार्यान्वयनका चरणहरु लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक एवम् बालमैत्री स्थानीय शासन बिज्ञ दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता तामाङ ,वडा नं ६ का वडाध्यक्ष हरि कुमार तामाङ ,प्रमुख प्रशासकीय अधिकृत देवकी सिम्खडा लगायत सहभागी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख फुलमाया खजुमले जानकारी दिनुभयो ।

म्यागङ गाउँपालिकाले २०८३ चैत सम्ममा बालमैत्री शासन युक्त पालिका अबलम्बन तथा घोषणा गर्ने लक्षय सहित बालमैत्री अभियानलाई तिब्रता दिएको गाउँपालिका अध्यक्ष आशा तामाङले बताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस