२०८२ जेष्ठ २४, शनिबार

पठाओ तथा इनड्राइभ चालकलाई कारबाही

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २०, मंगलबार
पठाओ तथा इनड्राइभ चालकलाई कारबाही

धादिङ । धादिङमा यातायात व्यवसायीहरूले गरेको गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चार जना चालकलाई प्रहरीले कारबाही गरेको छ ।

पठाओ तथा इनड्राइभहरुले यात्रुबाट बढी भाडा असुलेको, यात्रुलाई हैरानी दिएको भन्ने गुनासो पश्चात जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले धादिङको विभिन्न स्थानहरुबाट ४ वटा सवारी साधन नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरी छाडिएको प्रहरीले जनाएको छ ।

यातायात व्यवसायीहरुले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ, याङ्गोजस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य छन् ।

यीमध्ये केही चालकहरुले मनलाग्दी भाडा लिएको यात्रुको गुनासो छ ।

यात्रुले गुनासो गरेपछि प्रहरीले कडाइ गरेको छ । जथाभावी भाडा लिने राइड शेयरिङ सञ्चालकलाई कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस