२०८२ अषाढ १, आईतबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ३१, शनिबार
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ । त्रिभुवन राजपथ अन्तरगत धादिङको थाक्रे गाउँपालिका-८ सोप्याङखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जना मृत्यु भएको छ।

शनिबार बिहान ६:३० बजेको समयमा हाप्सेचौरबाट फोकटपुर आउदै गरेको बा.प्र.०२-०५० प.९६२० नं.को मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो।

दुर्घटनामा मोटरसाइकल चालक थाक्रे गाउँपालिका-८ फोकटपुर बस्ने बर्ष २२ को सुमन थापाको मृत्यु भएको हमालले बताउनुभयो।

घाइते भएका थापाको धुनिवेशी नगरपालिका-६ धार्के स्थित साईबाबा सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि गजुरी प्राथमिक स्वास्थ केन्द्र पठाईएको तर उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हो।

शव स्वास्थ केन्द्रमै रहेको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

४ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस