मासु खानेक्रममा अड्किएर धनकुटामा एक वृद्धको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर मृत्यु भएको डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
जेठ २१ गते घाँटीमा मासु अड्किएपछि लिम्बूलाई उपचारका लागि विराट अस्पताल विराटनगर लगिएको थियो ।
मासु घाँटीबाट निकालिएको भए पनि असर पारेका कारण उपचारको क्रममा गएराति लिम्बूको ज्यान गएको खनालले जानकारी दिनुभयो ।