काठमाण्डौ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा दुई जना मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एवम प्रवक्ता अपीलराज बोहराका अनुसार कोठा भाडामा लिएर बस्दै आएका भारतको चन्डिगढ घर भएका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ की २८ वर्षीया अञ्जना तामाङ गएराति कोठाभित्रै मृत भेटिएका हुन् ।
उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।