२०८२ अषाढ १७, मंगलबार

नीलकण्ठ नगरपालिकाले ल्यायो एक अर्ब २२ करोडको बजेट

  • धादिङ आवाज
  • २०८२ अषाढ ६, शुक्रबार
नीलकण्ठ नगरपालिकाले ल्यायो एक अर्ब २२ करोडको बजेट

धादिङ । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। शुक्रबार नगरसभाको १७औं अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ ।

नगरपालिकाले कुल रु एक अर्ब २२ करोड ९३ लाख ५ हजारको बजेट सार्वजनिक गरेको छ।

बजेटमार्फत नगरपालिका सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगर निर्माणको योजना अघि सारेको छ।

नगर उपप्रमुख दीपक विश्वकर्माले बजेट सार्वजनिक गर्दै संविधानमा उल्लेखित राज्यका निर्देशन सिद्धान्त, संघीय आर्थिक नीति, प्रदेश सरकारको नीति, दिगो विकासका लक्ष्य, नगरवासीको माग, विषयगत क्षेत्रका आवश्यकता, विज्ञ तथा सरोकारवालाका सुझाव र वर्तमान परिस्थिति तथा सीमित साधन स्रोतको मूल्याङ्कनका आधारमा तयार गरेको बताउनुभयो ।

बजेट विवरण अनुसार, चालु खर्चतर्फ रु ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ रु ३५ करोड ६५ लाख ५२ हजार विनियोजन गरिएको छ।

समाजमा न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउन, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न हामीले यो बजेटले सक्षम र समावेशी स्थानीय शासनको आधार तयार गर्ने विश्वास लिएको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

बजेटसँगै नगरपालिकाले दीर्घकालीन रणनीतिक योजना, सार्वजनिक-निजी साझेदारी , डिजिटल सेवा विस्तार र सुशासन प्रवर्द्धनका कार्यक्रमहरु पनि अघि सारेको जनाएको छ।

नगरसभामा नगरप्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख ढुंगानाले यस वर्षको योजना केवल कागजी दस्तावेज नभई नगरको समृद्धिको स्पष्ट खाका भएको उल्लेख गर्नुभयो।

उहाँले नगरको श्रोत, आवश्यकता र जनभावनालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा आधारित विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२३ घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस