२०८२ अषाढ १७, मंगलबार

नेत्रावती डबजोङको बजेट ४६ करोड २७ लाख

  • धादिङ आवाज
  • २०८२ अषाढ ६, शुक्रबार
नेत्रावती डबजोङको बजेट ४६ करोड २७ लाख

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

शुक्रबार गाउँसभाको १७ औं अधिबेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सितामाया चोदेनले ४६ करोड २७ लाख ३२ हजार २ सय ९१ रुपैयाको बजेट पेश गर्नु भएको थियो ।

अधिवेशनबाट निति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।

निति तथा कार्यक्रममा गाउँपालिकाको दुरगामी योजना अनुरुप भौतिक पूर्वाधारको मजबुत र दिगो विकासलाई प्राथमिकता दिएको छ भने संविधानले प्रत्याभूत गरेका दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने दिशामा नीतिगत र व्यवहारिक पहल गरिने बताईएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस