काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड आजदेखि रातको समय ५ घण्टा बन्द हुने भएको छ ।
मुग्लिन–नारायणगढ सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाका अनुसार निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएकोले आज र भोलि दुई दिन रातको समयमा बन्द हुँदैछ ।
राति १० बजेदेखि बिहान तीन बजेसम्म पाँच घण्टा सडक बन्द हुने उहाँले जानकारी दिनुभयो ।
काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदमघाटमा रोकिने जनाईएको छ ।
सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
बर्खाको बेला बाढी पहिरोले यात्रा जोखिमपूर्ण भएकाले यात्रु र गाडी चालकलाई जोखिम मोलेर यात्रा नगर्न, मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
सूचना :