धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ शितल बजारमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
बुधबार राति ८ः२० बजेको समयमा मुलिङ्गबाट मलेखु तर्फ आउदै गरेको बा ९६ प २१८९ नं को मोटरसाइकल र बिपरित दिशा मलेखुबाट मुलिङ्गतर्फ जाँदै गरेको बा ९७ प ७९६४ नं को मोटरसाइकल एक आपसमा ठोक्किएको धादिङ प्रहरीले जनाएको छ।
घाईते हुनेहरुमा दुबै मोटरसाईकलका चालक धादिङको सिद्धलेक गाउँपालिका-३ बस्ने बर्ष १९ को राम्जी बिसुन्के र गजुरी गाउँपालिका-२ बस्ने बर्ष ३३ को सम्भु चौधरी रहेका छन् ।
घाईतहरुको अवस्था सामान्य रहेको र उपचारको लागी राजमार्ग अस्पताल मलेखु पठाइएको प्रहरीले जनाएको छ ।