२०८२ अषाढ २२, आईतबार

प्रभातफेरी कार्यक्रम सम्पन्न

  • धादिङ आवाज
  • २०८२ अषाढ १२, बिहिबार
प्रभातफेरी कार्यक्रम सम्पन्न

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ स्थित मलेखु बजारमा लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना तथा बेनिघाट रोराङ गाउँपालिका र बिभिन्न संघसस्थाको सहकार्यमा “स्वाथ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागु औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम गरिएको हो ।

प्रभातफेरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक),प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घ सस्था, समाजसेवी, मिडियाकर्मी लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहिले लागु औषधविरुद्ध प्रहरीले अभियाननै सञ्चालन गरेर कडाइ गर्नुका साथै नियन्त्रणका उपायहरु अपनाइरहेको बताउनुभयो ।

यस्तै जिसस प्रमुख नवराज अधिकारीले पृथ्वी राजमार्गमा विशेष गरी लागु औषध भित्रिने तथा कारोबार हुने क्षेत्र भएकाले रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घसंस्थाले एकजुट भएर यो गम्भीर लतबाट युवा पुस्तालाई जोगाउन एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले देशका सम्पूर्ण जिल्लाका नागरिक आवतजावत गर्ने मुख्य राजमार्ग भएकाले लागुऔषध कारोबार पनि बढेको बताउनुभयो ।

लागुऔषध दुरुपयोग विरुद्ध चेतना जगाउनको जिल्लामा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको भन्दै उहाँले जिल्लाको हरेक बस्तीमा यस्ता सचेतना कार्यक्रम लैजाने बताउनुभयो ।

कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोसेस पाण्डेले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस