२०८२ अषाढ १७, मंगलबार

नेपालले अस्ट्रेलियामा टी–२० शृङ्खला खेल्ने

  • धादिङ आवाज
  • २०८२ अषाढ १३, शुक्रबार
नेपालले अस्ट्रेलियामा टी–२० शृङ्खला खेल्ने

काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीले अस्ट्रेलियामा नर्दन टेरिटोरी क्रिकेट २०२५ को टप इन्ड टी–२० शृङ्खला खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घका अनुसार यो शृङ्खलाका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय टोलीका रूपमा छानिएको हो।

टप इन्ड टी–२० शृङ्खला आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा हुनेछ ।

आउँदो वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि नेपाली टोली अस्ट्रेलिया जाने भएको हो ।

टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुँदैछ ।

एशिया छनोटबाट ३ वटा टोली विश्वकपमा पुग्नेछन् । एशिया छनोटमा नेपालसँगै आयोजक ओमान, जापान, कुवेत, मलेशिया, पपुवा न्यु गिनी, कतार सोमाओ र यूएई सहभागी हुनेछन् ।

अहिले आईसीसी टी–२० वरीयताको १८औं स्थानमा रहेको नेपाली टोली अगस्टको शुरूमा डार्विन जानेछ ।

यो शृङ्खलामा नेपालले अस्ट्रेलियाका क्लबसँग कम्तीमा ६ खेल खेल्नेछ । शृङ्खलाको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ । photo : CAN

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१४ घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस