काठमाण्डौ । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ ।
पूरक परीक्षामा ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने छ भने बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
यस्तै विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् ।
यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।
हेर्नुहोस् परिक्षा तालिका