२०८२ अषाढ १७, मंगलबार

आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

  • धादिङ आवाज
  • २०८२ अषाढ १५, आईतबार
आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

|/f]kfOFdf Jo:t ls;fg bdf}nL, !% c;f/ M ;qf}+ /fli6«o wfg lbj;sf cj;/df ;f]daf/ tgx'Fsf] DofUb] ufpFkflnsf–@ hfd'g]l:yt v]tdf wfg /f]Kb} ls;fg . lhNnfsf clwsf+z 7fpFdf /f]kfOF z'? ePsf] 5 eg] s]xL 7fpFdf r}t] wfg yGSofPkl5 dfq wfg /f]Kg] tof/Ldf s[ifs 5g . t:jL/ M s[i0f Gof}kfg]÷ /f;;

काठमाण्डौ । आज असार १५ धान दिवस, आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ ।

असारमा कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।खेतीपातीबाहेक अरु पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कनु र विदश जानुुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

२०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१४ घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस