२०८२ श्रावण १४, बुधबार

वडा भेला सम्पन्न

  • धादिङ आवाज
  • २०८२ अषाढ १६, सोमबार
वडा भेला सम्पन्न

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित गहतेटारमा वडा भेला सम्पन्न भएको छ ।

सोमबार वडा नम्बर १ का वडाध्यक्ष पेमा वाङग्याल लामाको अध्यक्षतामा भएको भेलामा विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधि, समाजसेवी, शिक्षक, स्वास्थ्य स्वयमसेविका लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

भेलामा वडास्तरीय योजना छनोटको काम, सडक विस्तार, पूर्वाधार विकास, वडाका आवश्यकता, सम्भावना, चुनौतीहरू र चालु आर्थिक बर्ष २०८१/०८२ को सुरुवातीदेखी हालसम्म गतिबिधीको समिक्षासँगै आगामी आर्थिक बर्ष २०८२/०८३ को योजना सम्बन्धी छलफल तथा परामर्श गरीएको वडा सचिव राममाया सिलवालले जानकारी दिनुभयो ।

भेलामा वडाध्यक्ष लामाले विभिन्न क्षेत्र, समुदायबाट माग भई आएको उत्पादन, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, सामाजिक विकास लगायतका योजनाहरु प्राथमिकताको आधारमा सहमती गरि टुङगो लगाउने बताउनुभयो ।

वडाले विकासको पहिलो आधारको रूपमा उत्पादनलाई जोड दिएको भन्दै उहाँले आगामी आर्थिक वर्षमा वडाभित्र कृषीलाई विशेष प्राथमिकता दिईने बताउनुभयो ।

सिद्धलेक गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले असार ५ गते गाउँसभा गरी कुल ६० करोड ५७ लाख ८४ हजार ९ सय १४ रुपैयाँको बजेट र नीति तथा कार्यक्रम ल्याईसकेको छ ।

गाउँसभा अगाडी नै वडा भेला गर्नुपर्ने भएपनि समय अभावले नसकिएको भन्दै वडाध्यक्ष लामाले गाउँपालिकाले वडालाई आगामी आर्थिक बर्षको लागि ३५ लाख बजेट छुट्याएको र सोही बजेट अनुसार योजनाहरु छनोट गर्ने उद्देश्यले ढिलै भएपनि वडा भेला गरिएको बताउनुभयो ।

भेलाबाट परिमार्जित भई आएका योजनालाई समेटी कार्यान्वयन गरिने उहाँको भनाई छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस