२०८२ अषाढ १७, मंगलबार

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

  • धादिङ आवाज
  • २०८२ अषाढ १७, मंगलबार
बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

काठमाण्डौ । पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ बढाएको हो। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

मुल्य बढेपछि काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ४९ रुपैयाँ पुगेको छ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ४८ रुपैयाँ पुगेको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी हवाइ इन्धनको पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१८ घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस