२०८२ अषाढ १७, मंगलबार

एक महिनामा विपद्का घटनाबाट ३१ जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ अषाढ १७, मंगलबार
एक महिनामा विपद्का घटनाबाट ३१ जनाको मृत्यु

काठमाण्डौ । नेपालमा मनसुन भित्रिएको एक महिना अवधीमा विपद्का घटनाबाट ३१ जनाको मृत्यु भएको छ ।

यस वर्षको मनसुन भित्रिएको एक महिनामा ६ सय ७४ वटा विपद्का घटनाबाट ३१ जनाको मृत्यु भएको छ भने १ सय १२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा अघिल्लो महिना जेठ १५ गते राति पूर्वबाट मनसुन भित्रिएको थियो ।

हिजो असार १६ गतेसम्म ६ सय ७४ वटा मनसुनजन्य विपद्का घटना भएका प्राधिकरणले जनाएको छ । एक महिनाको अवधिमा पहिरोका ८७ वटा घटनामा २५ घरमा आंशिक, ११ घरमा पूर्ण र एउटा पुलमा क्षति भएको छ ।

त्यस्तै बाढीका ६४ वटा घटना भएकोमा एक सय २३ परिवार प्रभावित भएका छन् । यस्तै चट्याङका ८२ वटा घटना भएका छन्।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस