काठमाण्डौ । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे देखी उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा शुरु हुनेछ ।
पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलङ्का एक सय ५९औं स्थानमा छ ।
गएको आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले हारेको थियो ।
समूह ‘एफ’ मा रहेको नेपाल तीन अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ भने उज्वेकिस्तान शीर्ष स्थानमा छ । लाओस तेश्रो र श्रीलङ्का तालिकाको पुछारमा छ ।
यस्तै प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिवार उज्वेकिस्तानसँग खेल्नेछ ।
filephoto