२०८२ अषाढ १९, बिहिबार

नेपाल र मलेशिया खेल्दै

  • धादिङ आवाज
  • २०८२ अषाढ १९, बिहिबार
नेपाल र मलेशिया खेल्दै

काठमाण्डौ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र घरेलु टोली मलेशिया खेल्दैछन् । खेल बिहान पौने ८ बजेदेखी क्वालालम्पुरमा शुरू हुनेछ ।

नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहान पौने ८ बजे नै हङकङ र सिङ्गापुर खेल्दैछन् ।

१६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२३ घण्टा अघि

३४ शिक्षक बढुवा

खोजी गर्नुहोस