धादिङ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धादिङ जिल्लाभरबाट ६२ दशमलव ७५ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।
जिल्लाका १४ विद्यालयले सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भए भने एक विद्यालयले कुनैपनि विद्यार्थी उतिर्ण गराउन सकेन ।
यस वर्षको एसइइमा सामुदायिक विद्यालयतर्फ धुनीबेसी नगरपालिकाको महेशधर्म माविको १७ जना, नीलकण्ठ नगरपालिकाको भैरबी माविको १७ जना, प्रकाश माविको ३० जना, महेन्द्र माविको २१ जना, लामागुरु माविको २२ जना, गंगाजमुना गाउँपालिकाको रिगाउँ मावि, कल्याण माविको १३ जना, त्रिपुरासुन्दरी गाउँपलिकाको महेन्द्रोदय माविको १३ जना, कार्कीगाउँ माविको १६ जना, भिमोदय माविको ८ जना परिक्षा दिएका सबै उतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी चण्डिका मल्ल ठकुरीले जानकारी दिनुुभयो ।
यसैगरी संस्थागत तर्फ त्रिपुरासुन्दररीको सल्यानटार बालविकास आवासिय माविको १० जना, बेनिघाट रोराङको ब्राइट फ्यूचर इङ्लिस बोर्डिङ स्कूलको २७ जना, गजुरी गाउँपालिकाको मुनाल एकेडेमीको २७ जना र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कूलको १३ जना परिक्षा दिएका सबै उतिर्ण भएको ठकुरीले बताउनुुभयो ।
नीलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको रघु माविले कुनैपनि विद्यार्थीलाई उतिर्ण गराउन सकेन । रघुको परिक्षा दिएका ८ जना बिद्यार्थी सबै नन ग्रेडमा परे ।
धादिङका १ सय ६० माविबाट ४ हजार ५ सय १५ जनाले एसइइ परिक्षा दिएकोमा २ हजार ८ सय ८३ जना अर्थात ६३ दशमलब ८५ प्रतिशत उतिर्ण गरेका छन् ।
एसइइ परिक्षालाई तुलना गर्दा गत वर्षको तुलनामा यस वर्ष १५ दशमलब ५५ प्रतिशत बढी संख्यामा विद्यार्थी उतिर्ण गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले जानकारी दिनुभयो ।
धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकाबाट १ सय ३४ जनाले एस एसइइ परिक्षा दिएका मध्ये जम्मा २३ जनामात्र अर्थात १७ दशमलब १६ प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएका छन् ।
गत वर्ष उक्त गाउँपालिकाबाट १ सय ५ जनाले एसइइ परीक्षा दिएकोमा ९ जनामात्र उतिर्ण भएका थिए ।
नेत्रावती डबजोङ गाउँपालिकामा १ सय ५६ जनाले परिक्षा दिएकोमा १ सय ४३ जना (९१ दशमलब ६७) प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।
धादिङमा उत्तीर्ण विद्यार्थीहरुमध्ये ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
४ जीपीए ल्याउनेमा सामुदायिक विद्यालयहरुबाट ५ जना विद्यार्थीहरु रहेका छन् भने ३ जना सामुदायिक विद्यालयबाट रहेका छन् ।
सामुदायिक विद्यालयतर्फ नीलकण्ठ ३ धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर माविबाट १ जना (सन्ध्या तिमल्सिना), नीलकण्ठ ७ तल्लोबेशीमा रहेको सुनौलोभैरवी माविबाट १ जना (प्रशंषा श्रेष्ठ), गजुरीको गजुरी पिडा माविबाट १ जना (ईश्वर भण्डारी) र गल्छी बैरेनीको जनकल्याण माविबाट २ जना (समृद्धि ढकाल र सौरभी वाग्ले) रहेका छन् ।
त्यस्तै निजी विद्यालयहरुबाट धादिङवेशीमा रहेको न्यु किवो बोर्डिङ स्कुलबाट २ जना (आयुष शर्मा र समिर भण्डारी ) र चिल्डेनपार्क बोर्डिङबाट १ जना (प्रिसिला तामाङ) रहेका छन् ।