धादिङ । बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।
गए राति करिब ७ किलोग्राम गाँजासहित २ धादिङको सिद्धलेक गाउँपालिका–१ बस्ने २६ वर्षीय रोसन भट्ट र निलकण्ठ नगरपालिका–७ बस्ने ३० वर्षीय प्रकाश पोखरेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना.७ ख ४७४८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।