२०८२ श्रावण १४, बुधबार

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलहरुलाई सम्मान

  • धादिङ आवाज
  • २०८२ अषाढ २०, शुक्रबार
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलहरुलाई सम्मान

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलहरुलाई सम्मान गरेको छ ।

बिहीबार नगरपालिकाले एक समारोहका बीच विद्यार्थी तथा विद्यालयलाई सम्मानपत्र, माला र नगद प्रदान गरिएको हो ।

नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याएका पाँच जना विद्यार्थीहरुलाई जनही ५० हजार रुपैयाँ तथा शत प्रतिशत नतिजा ल्याउन सफल चार वटा विद्यालयलाई ४ लाख नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा ४ जिपिए ल्याउने नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका सन्ध्या तिमल्सिना, सुनौलो भैरवी माध्यामिक विद्यालयकी प्रशंसा श्रेष्ठ, चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयकी प्रिसिला तामाङ, न्यू किवो आवासिय बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष शर्मालाई जनही ५०/५० हजार नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै, शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन सफल चार विद्यालयहरुलाई ४/४ लाख प्रदान गरिएको छ ।

पुरस्कृत हुनेहरुमा प्रकाश माध्यामिक विद्यालय, लामागुरु महादेव माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय र भैरवी माध्यामिक विद्यालय रहेका छन् । पुरस्कार प्राप्त रकम शैक्षिक उन्नयनमा खर्च गर्न पाइने बताइएको छ ।

नीलकण्ठ नगरपालिकाले गरेको सम्मानले भावी दिनहरुमा थप हौसला थपिएको बताएका छन् । सम्मानित भएकी सन्ध्या तिमल्सिनाले उत्कृष्ट नतिजाले मनोवल बढेको भन्दै यो सम्मानले भविष्यमा अघि बढ्न झनै सहयोग पुग्ने बताईन् ।

जिल्लाभर ८ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएकोमा तीमध्ये ५ जना नीलकण्ठ नगरपालिका भित्रका रहेका छन्, ३ जना अन्य पालिकाका रहेका छन् ।

यस उपलब्धिलाई शैक्षिक सुधारको संकेतका रूपमा लिँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले शत प्रतिशत नतिजा ल्याउने हो भने जति आवश्यक परेपनि बजेट विनियोजन गर्ने बताउनुभयो ।नगरपालिकाले निशुल्क शिक्षा प्रदान गरिरहेको भन्दै ढुंगानाले भन्नुभयो,‘अब के गर्नुपर्छ, नतिजा ल्याउने आधार लिएर आउनुहोस् ।

शत प्रतिशत नतिजा ल्याउने प्रतिवद्धता गर्नुहुन्छ भने मागेको जति लगानी गर्न नगरपालिका तयार छ ।’ विद्यालयभित्रको आन्तरिक प्रतिस्पर्धा शैक्षिक उन्नयनको प्रमुख आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘शिक्षामा गरिएको लगानी कहिल्यै खेर जादैन । नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा लगानी गर्न पछि पनि पर्दैन ।’

यस्तै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले नगरपालिकाले विशेष योजना बनाएर काम गरिरहेको बताउनुभयो । निःशुल्क शिक्षादेखि शैक्षिक क्षेत्रमा योजना नै बनाएर काम गरिरहेका छौं । नगरपालिकाले गरेको लगानी अनुसार प्रतिफल पनि प्राप्त भइ रहेको छ । हामी सबैको पहल र सहकार्यले शैक्षिक क्षेत्रमा फड्को मार्नेछ’,उहाँले भन्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भुमीलाल सुवेदी शर्माले नीलकण्ठ नगरपालिकाले देखाएको प्रतिबद्धता अन्य पालिकाका लागि पनि उदाहरणीय रहेको बताउनुभयो ।

त्यस्तै, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले एसईईको नतिजा शैक्षिक सुधारको संकेत रहेको भन्दै नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल विस्तारै देखिरहेको बताउनुभयो ।

यसैगरी कार्यक्रमको अवसरमा नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय, धादिङ तथा शिक्षा समन्वय इकाइ, धादिङको सहकार्यमा लागू पदार्थ दुव्र्यसनी विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित “सामाजिक क्यान्सरको रुपमा लागू पदार्थको प्रभाव विषयक निबन्ध लेखन प्रतियोगिताको बिजेतालाई पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने धादिङ आवासीय मा.विका पाविल श्रेष्ठलाइ ५ हजार, द्धितिय हुने एड्भान्स एकेडेमीका एलिना बाँनिया द्धितिय ३ हजार, तृतीय भएका नीलकण्ठ बालमन्दिर मा.वी ईशा थापा र सुनौलो भैरवी मा.वि.की सञ्जिवनी पोखरेललाई २ हजार प्रदान गरिएको छ ।

यस्तै पालिकाको आयोजनामा मिति आधारभूत तथा माध्यमिक विद्यालयहरुका लागि भएको लेखन म्याराथुन (Writing Marathon) प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुको विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी उच्च अड्ड प्राप्त गर्ने तथा बिजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस