२०८२ अषाढ २४, मंगलबार

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

  • धादिङ आवाज
  • २०८२ अषाढ २४, मंगलबार
त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले सार्वजनिक सूचना निकालेर त्रिशूली नदीको उपल्लो भू-भाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस