२०८२ अषाढ २८, शनिबार

देशभर ४५ प्रतिशत रोपाइँ

  • धादिङ आवाज
  • २०८२ अषाढ २५, बुधबार
देशभर ४५ प्रतिशत रोपाइँ

काठमाण्डौ । देशभर असारको तेस्रो हप्तासम्मको अवधीमा ४५ प्रतिशत रोपाइँ सकिएको छ ।सोमवारसम्म देशभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ।

यो गएको वर्ष यही अवधिको तुलनमा एक दशमलव ५३ प्रतिशतले धेरै हो । यस वर्ष मनसुन अलि छिटो भित्रिएपछि गएको वर्षको तुलनामा असार तेस्रो हप्तासम्म धान रोपाइँ केही धेरै भएको विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।

देशभर १३ लाख ८३ हजार सात सय ३२ हेक्टर क्षेत्रफलमध्ये सोमवारसम्म ६ लाख २३ हजार हेक्टरमा रोपाइँ भइसकेको छ । तथ्याङ्क अनुसार पोहोर अहिलेसम्मकै उच्च ५९ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस