२०८२ अषाढ २८, शनिबार

रसुवा बाढीमा परी ११ जनाको मृत्यु, १९ जना बेपत्ता

  • धादिङ आवाज
  • २०८२ अषाढ २८, शनिबार
रसुवा बाढीमा परी ११ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाण्डौ । रसुवामा गएको मङ्गलवार आएको बाढीबाट ११ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो ।

अहिलेसम्म एक जनाको शव सनाखत भएको छ भने अरु शवहरूको सनाखत हुन नसकेको घिमिरेले बताउनुभयो ।

बेपत्ताहरूको खोजी अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ ।बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी आठ सय ६२ जनाको उद्धार गरिएको छ ।

माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर आएको बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो ।

यस्तै २४ वटा कन्टेनर, छ वटा ट्रक र ४२ वटा विद्युतीय गाडी बगाएको छ । धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस