२०८२ अषाढ २९, आईतबार

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

  • धादिङ आवाज
  • २०८२ अषाढ २९, आईतबार
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौ । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजेदेखी बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा शुरू हुनेछ ।

शुक्रवार भएको पहिलो खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो । यस्तै घरेलु टोलीले पनि आफ्नो पहिलो खेलमा शृङ्खलालाई ९–१ गालले हरायो ।

अङ्क तालिकामा बङ्गलादेश शीर्ष स्थानमा र नेपाल दोश्रो स्थानमा छ ।दुवै टोलीको समान तीन अङ्क छ ।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।

डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपालले असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस