धादिङ । बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट करिब १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँ रहेका छन् ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएके छ ।