२०८२ अषाढ ३२, बुधबार

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ अषाढ ३२, बुधबार
पहिरोमा पुरिएर दुई जनाको मृत्यु

पहिरोमा पुरिएर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लका अनुसार मंगलबार घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर मृत्यु भएको हो ।

रोजा तुसारेपानीमा गएका श्रीमान्, श्रीमती समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

गोबिन्द र श्यामकलाको शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस