२०८२ श्रावण ३, शनिबार

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

  • धादिङ आवाज
  • २०८२ श्रावण २, शुक्रबार
श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाण्डौ । श्रमिकको न्यूनतम तलब बढेको छ ।

सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय ५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको छ।यो पहिलेको भन्दा दुई हजार दुई सय ५० रुपैयाँले बढी हो ।

यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो ।नयाँ पारिश्रमिक हिजो साउन १ गतेदेखि नै लागू भएको सरकारले जनाएको छ ।

श्रम ऐन–२०७४ को अनुसार हरेक दुई आर्थिक वर्षमा अनिवार्य रुपमा नयाँ न्यूनतम तलब निर्धारण हुनुपर्छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस