चट्याङ लागेर भारतको बिहारमा दुई दिनको अवधीमा ३३ जनाको मृत्यु भएको छ ।
बुधवार र बिहीवारको भीषण आँधीका क्रममा चट्याङ पर्दा ३३ जनाको मृत्यु भएको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
चट्याङले लागेर केही घाइते भएका छन् ।विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका एएफपीले जनाएको छ ।
बिहार राज्यको विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन नागरिकलाई सूचित गर्न निर्देशन दिनुभएको छ ।
पटनाका केही भागमा ठूलो वर्षा र चट्याङको सम्भावना कायमै रहेको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
त्यो क्षेत्रमा सन् २०२३ मा २ सय ७५ र सन् २०२४ मा कम्तीमा २ सय ४३ जनाको चट्याङकै कारण ज्यान गएको थियो ।