धादिङ । धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारमा बिगमार्ट सञ्चालनमा आएको छ ।
शनिवार एक समारोहका बीच बिगमार्टको उद्घाटन गरिएको छ।
१ सय २५ औं स्टोरका रुपमा गजुरी बजारमा सञ्चालनमा ल्याईएको बिगमार्टका ओपरेसन हेड रत्नमान महर्जनले जानकारी दिनुभयो ।
स्टोरले शुभारम्भको अवसरमा विभिन्न सामानहरूमा विशेष छुटको व्यवस्था गरेको महर्जनले बताउनुभयो ।
उहाँका अनुसार बिगमार्टको गजुरीको स्टोरमा १४ जना कर्मचारी कार्यरत रहने भने हाल देशभरका स्टोरमा करिब २ हजार ४ सय कर्मचारी कार्यरत छन् ।
कम्पनीले छिट्टै चितवनको मुग्लिङ बजारमा पनि स्टोर संचालनमा ल्याउने तयारी गरेको महर्जनले बताउनुभयो ।
तस्विर:विकास रौनियार