काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय भएको छ।
गएरातिदेखि देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, गोरखा, स्याङ्जा, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि राति हल्का पानी परेको छ ।
आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
आज राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।