२०८२ श्रावण १५, बिहिबार

आज नेपाल प्रहरीको आकस्मिक सेवा नम्बर १०० अवरुद्ध हुने

  • धादिङ आवाज
  • २०८२ श्रावण १४, बुधबार
आज नेपाल प्रहरीको आकस्मिक सेवा नम्बर १०० अवरुद्ध हुने

काठमाडौं । काठमाडौँ जिल्लामा आज नेपाल प्रहरीको आकस्मिक सेवा नम्बर १०० चार घण्टाका लागि अवरुद्ध हुने भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आकस्मिक नम्बर १०० मा फोन नलाग्ने जानकारी दिएको हो।

भद्रकालीमा रहेको नव–निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुन लागेको प्रहरीले जनाएके छ ।

सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस