२०८२ श्रावण १७, शनिबार

लाइसेन्सको बहाल अवधि १० वर्ष कायम

  • धादिङ आवाज
  • २०८२ श्रावण १६, शुक्रबार
लाइसेन्सको बहाल अवधि १० वर्ष कायम

काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम भएको छ ।

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।

विधेयक अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ । ऐनको दफा ५४ को उपदफा–३ मा लाइसेन्स बहाल रहने अवधिबारे उल्लेख छ ।

संशोधित व्यवस्था अनुसार यो अवधि अब १० वर्षको हुने भएको हो । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधिसमेत अब १० वर्ष पुर्‍याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस