२०८२ श्रावण १७, शनिबार

नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघ धादिङको अध्यक्षमा थिङ

  • धादिङ आवाज
  • २०८२ श्रावण १६, शुक्रबार
नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघ धादिङको अध्यक्षमा थिङ

धादिङ । नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघ धादिङको जिल्ला समिति गठन गरिएको छ ।

शुक्रबार धादिङ क्योकुसिन सेइसिन काइकान कराँते संघको आयोजनामा भएको भेलाले जय राम थिङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा शुक्रबहादुर तामाङ, सचिवमा सन्दिप तामाङ, कोषाध्यक्षमा राममायाँ तामाङ रहनुभएको छ भने सदस्यहरुमा हेमन्त तामाङ, सुनबहादुर तामाङ, मनोज तामाङ, समिर तामाङ, सूर्यमान तमाङ, भीमबहादुर तामाङ, सुसान्त तामाङ, कुमार तामाङ सुर्यबहादुर तामाङ, राजेन्द्र घले र राजेन्द्र तामाङ रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले धादिङ जिल्ला खेलकुदको हव बन्दै गएको बताउनुभयो ।

जिल्लामा पछिल्लो समय हरेक बिधाका खेलाडीहरुको प्रतिभा उजागर भएको भन्दै उहाँले यस संघले पनि संस्थागत गतिविधि गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रतापसिंह तामाङले हरेक खेललाई जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने भन्दै उहाँले जिल्लामा यस खेललाई पनि अन्य विधाका खेलकुदहरुलाई जस्तै चलायमान बनाउन आग्रह गर्नुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस