२०८२ श्रावण १७, शनिबार

व्यक्तिगत घटना दर्ता गर्दा विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने

  • धादिङ आवाज
  • २०८२ श्रावण १७, शनिबार
व्यक्तिगत घटना दर्ता गर्दा विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने

काठमाण्डौ । व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।

यसअघि बच्चाको मात्रै उमेर, नाम, थर वा अरु विवरण दर्ता भएको एक वर्षभित्र मात्रै सच्याउन पाउने व्यवस्था थियो । अब जो सुकैले पनि एक पटकका लागि विवरण सच्याउन पाउने भएका छन् ।

यसरी विवरण सच्याएको जानकारी स्थानीय पञ्जिकारधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस