काठमाण्डौ । अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ ।लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ । अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने मौसमविद् कडेलले जानकारी दिनुभयो ।