काठमाण्डौ । देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने भएको छ ।
अस्ति शनिवार बेलुकादेखि सक्रिय भएर देशका धेरैजसो ठाउँमा हिजो र आज वर्षा गराएको प्रणाली भोलिदेखि कमजोर बन्ने मौसमविद् उज्ज्वल उपाध्यायले बताउनुभयो ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा सक्रिय भएको प्रणालीले आज रातिसम्मै पानी पार्ने अनुमान छ ।
मौसमविद् उपाध्यायका अनुसार तराई मधेशमा भोलिदेखि घाम लाग्ने सम्भावना छ । पहाडी क्षेत्रमा भने भोलि पनि सामान्य वर्षाको सम्भावना छ ।