२०८२ श्रावण २०, मंगलबार

भदौ २८ र २९ गते कक्षा १२ को मौका परीक्षा हुने

  • धादिङ आवाज
  • २०८२ श्रावण २०, मंगलबार
भदौ २८ र २९ गते कक्षा १२ को मौका परीक्षा हुने

काठमाण्डौ । कक्षा १२ को परिक्षामा ननग्रेड पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

दुई विषयमा ‘ननग्रेड’ पाएका वा बढीमा २ विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा गएको वर्षभन्दा करिब ९ प्रतिशतले नतिजामा सुधार आएको छ।

यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् ।गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी पास भएका थिए ।

यसवर्ष तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ४२ हजार ४ सय ६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।

यस्तै, आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८ सय ४० विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या २ लाख ८४ हजार ३ सय ५ रहेको छ ।

परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५ सय २ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए, ५५ हजार ८ सय ९६ विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए र ९४ हजार २ सय ६८ विद्यार्थीले २ दशमलव ८१ देखि तीन दशमलव २० जीपीए प्राप्त गरेका छन् ।

यसैगरी ६९ हजार ८ सय १२ विद्यार्थीले २ दशमलव ४१ देखि २ दशमलव ८० र ८ हजार ९ सय ६४ विद्यार्थीले २ दशमलव ०१ देखि दुई दशमलव ४० जीपीए ल्याएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस