२०८२ श्रावण २८, बुधबार

गाँजासहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ श्रावण २५, आईतबार
गाँजासहित एक जना पक्राउ

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका-८ किरान्चोक बस्ने २४ वर्षीय विवेक तामाङ रहेका छन् ।

शनिबार राति प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट नेपालगंजतर्फ जाँदै गरेको भे।१ ख ३८४८ नम्बरको बसमा चेकजाँच गर्दा तामाङलाई उक्त गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस