२०८२ श्रावण ३०, शुक्रबार

नागढुङ्गा सुरुङमार्ग उपभोगको लागि तोकियो दस्तुर

  • धादिङ आवाज
  • २०८२ श्रावण २९, बिहिबार
नागढुङ्गा सुरुङमार्ग उपभोगको लागि तोकियो दस्तुर

काठमाण्डौ । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले कार र भ्यानहरू काठमाण्डौतर्फ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाण्डौ उपत्यकाबाट बाहिरिँदा ६० रुपैयाँ दस्तुर तोकेको छ ।

यस्तै मिनी बसरमिनी ट्रकले काठमाण्डौ प्रवेश गर्दा नागढुङ्गा सुरुङमार्ग प्रयोगबापत १ सय १५ रुपैयाँ र उपत्यकाबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्छ ।

बस तथा ट्रक काठमाण्डौ प्रवेश गर्दा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

ठूला उपकरण काठमाण्डौ प्रवेश गर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ दस्तुर तोकिएको छ । दुई पाङ्ग्रे गाडीले भने सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस