२०८२ श्रावण ३०, शुक्रबार

कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न

  • धादिङ आवाज
  • २०८२ श्रावण ३०, शुक्रबार
कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न

धादिङबेसी । धादिङबेसीमा कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालीम शुक्रवार सम्पन्न भएको छ ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी संञ्चालन गरेको उतथानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजना अन्तरगत खनियावास र गंगाजमुना गाउँपालिकाको समूहबाट छनौट भई आएका अगुवा कृषकहरुको लागी कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको प्रयास नेपालका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो ।

आईतबारबाट शुरु भएको ५ दिने तालिममा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित र कार्यक्रम व्यवस्थापक सुरज आचार्यले सहजिकरण गर्नु भएको थियो ।

तालीम प्रभावकारी भएको र सिकेको ज्ञान सिप व्यहारमा लागु गर्ने अगुवा कृषक भक्त बहादुर गुरुङ र सुस्मिता तामाङ लगायत सहभागी कृषकले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कृषक तालिममा कृषि प्रसार र बजारको बारेमा कृषकको अनुभव, अनुगमन,बजार, मूल्य, भुक्तानीका सर्तहरू र गणना सीप,मूल्य श्रृंखला लगायतका बिषयबस्स्तुमा सहजिकरण गर्नु भएको थियो ।

यसैगरी तालिममा मूल्य अभिवृद्धि र मूल्य घट्ने ,बजार भ्रमण मध्यस्तकर्तासँग वार्ता र सम्झौता,तालिमका सहभागीले आफ्नो समूहमा गएर तालिम दिने बिषयबस्तु ,बिधी प्रक्रिया समेतको बारेमा सहजिकरण गर्नु भएको प्रयास नेपालका प्राविधिक रुपेश तामाङले जानकारी दिनुभयो ।

तालिम पछि अगुवा कृषकहरुले कृषक बजार पाठशाला सम्बन्धी निर्देशिकाको आधारमा रहि समुह तहमा पाठशाला संचालन गर्नु हुने प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले बताउनु भयो ।

पहिलो चरणमा गंगाजमुनामा ३ क्लष्टर र खनियावासमा २ क्लष्टरमा कृषक बजार पाठशाला संचालन हुने पनि संयोजक खनालले जानकारी दिनुभयो।

तालिममा खनियावास र गंगाजमुना गाउँपालिकाका १० जना अगुवा कृषक र रिलिफ परियोजनामा संलग्न कर्मचारीहरु सहित २४ जना सहभागी रहेको प्रयास नेपालका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनु भयो ।

तालिम समापन कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष बिर बहादुर श्रेष्ठ,कार्यकारी निर्देशक दामोदर अर्याल,अनुगमन उप समिति संयोजक कपिलदेव सापकोटा , सदस्य ईश्वरी कोईराला आड्रा नेपालका फिल्ड अधिकृत माधव जंग महत लगाएतको उपस्थिति रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस