२०८२ श्रावण ३१, शनिबार

बिद्यालयमा मनाइयो श्रीकृष्ण जन्माष्टमी

  • धादिङ आवाज
  • २०८२ श्रावण ३०, शुक्रबार
बिद्यालयमा मनाइयो श्रीकृष्ण जन्माष्टमी

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

शुक्रबार स्कूलले राधा–कृष्ण ¥याली, नृत्य तथा सडक नाटकसहितको भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

¥याली स्कूलदेखि कालीदह र स्कूलदेखि बुङ्चुङसम्म आयोजना गरिएको थियो,जहाँ विद्यार्थीहरूले आकर्षक पोशाकमा मार्चपास गर्दै सहभागिता जनाएको विद्यालयकी व्यवस्थापक ममिता अर्यालले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले जन्माष्टमीको विस्तृत महत्वबारे जानकारी दिनुभएको थियो भने विद्यालयका नृत्य प्रशिक्षक रोशनी नेपालीको कोरियोग्राफीमा विद्यार्थीहरूले उत्कृष्ट नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप शिक्षक विशाल गुरुङले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा आराधना कक्षाका बालबालिकालाई बेहुला–बेहुली जस्तो चिटिक्क सजाएर शिक्षक–शिक्षिकाले विशेष रूपमा प्रस्तुत गरेका प्रधानाध्यापक आश बहादुर गुरुङले जानकारी दिनुभयो ।

दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल कक्षा ७ सम्म अध्यापन भईरहेको छ ।

विद्यालयमा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।

विद्यालयमा हाल एक सय ८० भन्दा बढि बिद्यार्थी, १५ जना शिक्षक शिक्षिका र अन्य कर्मचारी ३ जना रहेका छन् ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस