२०८२ भाद्र १, आईतबार

गाँजासहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ श्रावण ३१, शनिबार
गाँजासहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब १ सय २५ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-८ गैरीगाउँ बस्ने ३१ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

शनिबार बिहान प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मनहरीबाट बारातर्फ जाँदै गरेको बा-२१ च ३०८५ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको पछाडी ढाला भित्र बोराले छोपी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस