धादिङ । धादिङको निलकण्ठ नगरपालिका–३ स्थित ओम शान्तिको भवन बाढीले उच्च जोखिममा परेको छ ।
मङ्गलबार साँझ अरुण खोलाको आएको बाढीका कारण भवनको पछाडिको भित्तामा ठूलो चिरा परेको र भवन जोखिमपूर्ण अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्रहरी र सेनाको टोलीले भवनभित्र रहेका मानिस र सम्पूर्ण सामान सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीबाट कुनै मानविय क्षति भएको छैन ।