
धादिङ । धादिङको निलकण्ठ नगरपालिका-६ स्थित आगे खोला तर्ने क्रममा एक जना युवक बेपत्ता भएका छन् ।
आइतबार साँझ खोला तर्ने क्रममा चितवनको कालिका नगरपालिका–३ घर भएका अन्दाजी २१ वर्षीय रबिन तामाङलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय सुनौलाबजारले जनाएको छ ।
बेपत्ता तामाङको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । तामाङ नीलकण्ठ-५ स्थित सडकमा काम गर्ने कामदार हुन् । filephoto
