चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।
आज बिहान सडकमा पहिरो खसेपछि गाडी चल्न सकेका छैनन ।
अहिले दुईवटा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।
पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।