धादिङ । धादिङको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागमती प्रदेश स्तरीय उत्कृष्ट साकोसका रूपमा सम्मानित भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३८ औँ स्थापना दिवसको अवसरमा श्रोत परिचालन सम्मानित भएको हो ।
शनिबार आयोजित कार्यक्रममा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा (पीएचडी) र अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका अध्यक्ष रुद्रबहादुर खत्रीलाई प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको सहकारीका अधिकृत सुशिल कँडेलले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष रुद्र बहादुर खत्रीले कर्मचारी, शेयर सदस्य तथा बोर्डका सम्पूर्ण टिमको साथ सहयोगले यो सम्मान मिलेको बताउनुभयो ।
वि.सं. २०५४ साल कार्तिक १२ गते २६ जना संस्थापक सदस्यद्वारा स्थापना भएको श्रोत परिचालन साकोसले हाल ७ हजार ६७४ जना शेयर सदस्यलाई दुईवटा सेवा केन्द्रमार्फत वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी दिनुभयो ।
सहकारीको हाल कुल सम्पत्ति ७० करोड ९२ लाख रहेको नेपालले बताउनुभयो ।
हाल सहकारीले नीलकण्ठ नगरपालिका, त्रिपुरासन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका र सिद्धलेक गाउँपालिकाका वडा नं. १ र २ भित्र आफ्नो कार्यक्षेत्र बनाएर सेवा पु¥याउँदै आएको छ ।
सहकारीले ग्रामीणदेखि शहरी स्तरसम्म सदस्यहरूलाई आर्थिक रूपले सबल बनाउने, बैंकिङ पहुँच नपुगेका स्थानमा वित्तीय सेवा पुर्याउने, आपसी सहयोग तथा साझेदारीको भावनालाई मजबुत बनाउने काम गर्दै आएको नेपालले बताउनुभयो।