धादिङ । धादिङको निलकण्ठ नगरपालिका-६ भोर्ले स्थित आगे खोला तर्ने क्रममा बेपत्ता भएका युवक मृत भेटिएका छन्।
शनिबार साँझ खोला तर्ने क्रममा चितवनको कालिका नगरपालिका–३ घर भएका अन्दाजी २१ वर्षीय रबिन तामाङलाई खोलाले बगाएको थियो ।
तामाङको शव सोही खोला भन्दा केही तल आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमाले जानकारी दिनुभयो ।
मृत भेटिएका तामाङ नीलकण्ठ-५ स्थित सडकमा काम गर्ने कामदार हुन् ।